प्रसूति जटिलता भएकी महिलाको उद्वार
gorkhapatraonline.com · Wed Nov 05 17:22:52 GMT 2025

प्रसूति जटिलताका कारण समस्या झेलिरहेकी पाँचथरको तुम्वेवा गाउँपालिका –५ हाङगुमकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
गाउँपालिकाको समन्वय र पहलमा २५ वर्षीया सुस्मिता राई श्रेष्ठलाई हेलिकोप्टरबाट वुधबार उद्धार गरिएको हो । केहि दिनअघि भएको भारी वर्षाका कारण अस्ताल र प्रसूति केन्द्रतर्फ जाने बाटो विग्रनुका साथै एम्वुलेन्स अभावले समस्या झेलिरहनु भएकी श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय पाँचथरसँग समन्यव गरी राष्ट्रपति हवाइ उत्थान कार्यक्रम मार्फत नेपाली सेनाको हेलिकोप्टर झिकाएर प्रसूति अस्पताल थापाथली पठाइएको गाउँपालिका अध्यक्ष बाबुराम खड्काले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)