मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

युवा पुस्तालाई ‘असफल’ नेताहरूको प्रलोभनमा नपर्न सामाजिक अभियन्ता ईःईः को आग्रह

ratopati.com · Wed Nov 05 17:36:00 GMT 2025

काठमाडौँ । सामाजिक अभियन्ता ईः ईः ले देशका असफल भइसकेका पुराना नेताहरूले नयाँ पुस्तालाई भागबण्डे सन्देश र मिथ्या आश्वासनका जालमा फसाउने प्रयास गरिरहेको बताएका छन्। उनका अनुसार, यस्ता नेताहरूको प्रलोभनमा पर्नु युवापुस्ताका लागि ठुलो मूर्खता हुनेछ।

बुधबार फेसबुकमार्फत अभियन्ता ईः ईः ले केपी शर्मा ओली, पूर्णबहादुर खड्का लगायतका पुराना राजनीतिक पात्रहरूलाई लक्षित गर्दै ती नेताहरूले ‘श्रेष्ठ आकाङ्क्षाका भारी बोकेका पात्र’ बनेर नयाँ पुस्तालाई भ्रमित पार्ने प्रयास गरिरहेको टिप्पणी गरेका छन्। उनका भनाइमा, यस्ता नेताहरू नयाँ सुरुवातको नाममा फेरि पुरानै असफल सोचमा युवालाई तान्ने प्रयास गरिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)