युक्रेनको आक्रमणमा परेर रुसका पूर्व उपप्रधानमन्त्री घाइते
baahrakhari.com · Thu Dec 22 17:12:00 GMT 2022
मस्को । पूर्वी युक्रेनको रुस नियन्त्रित क्षेत्रमा रहेको एउटा होटेलमा युक्रेनले गरेको बम आक्रमणका रुसका एकजना पूर्व उपप्रधानमन्त्री घाइते भएका छन् । कुनै समय रुसको अन्तरिक्ष निकायको नेतृत्व गरेका दिमित्री रोगोजिनले आफूलाई चोट लागेको बताएका छन् ।
दोनेत्स्क सहरको किनारामा भएको आक्रमणमा अर्को एक व्यक्तिको ज्यान गएको बताइएको छ । यसै आक्रमणमा परेर रुसको प्रोक्सी दोनेत्स्क पिपुल्स रिपब्लिकका प्रमुख भिताली खोत्सेन्को पनि घाइते भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)