शिक्षा मानव जीवनको प्रत्यक्ष कर्मसँग जोडिनुपर्छ : मुख्यमन्त्री शर्मा
ratopati.com · Sat Feb 24 00:26:00 GMT 2024
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षालाई श्रम, सीप, प्रविधि र संस्कारसँग जोडेर लैजानुपर्ने बताएका छन् । उनले भने ‘ परम्परागत मान्यताबाट माथि उठेर शिक्षालाई वैज्ञानिक, व्यवहारिक र उत्पादनमूलक बनाउनुपर्दछ । गरिखाने शिक्षा आजको मूल आवश्यकता हो । ’
कोपिला भ्याली स्कुल वीरेन्द्रनगरको १३औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले सूचना र प्रविधिको विकाससँगै शिक्षा मानव जीवनको प्रत्यक्ष कर्मसँग जोडिनुपर्ने बताए । “हाम्रा शैक्षिक संरचनाहरू योग्य नागरिक उत्पादन गर्ने कारखानाका रूपमा विकास हुनुपर्छ,” उनले भने“टाउकोले टेक्ने खालको हाम्रो शिक्षा नीति खुट्टाले टेक्ने बनाउनुपर्दछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)