मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कक्षा १० र १२ को परीक्षा लिन ३ विकल्प

ekantipur.com · Mon May 31 01:00:59 GMT 2021

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणका कारण स्थगित कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई विभिन्न सुझावसहित ३ विकल्प सिफारिस गरेको छ । बोर्ड बैठकले तत्काल संक्रमण सामान्य नहुने ठहरसहित वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालनमा जोड दिएको छ ।

परीक्षा सञ्चालनमा हतार नगर्न सुझावसहितको सिफारिस गरिएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । ‘विभिन्न विकल्प दिएका छौं, मन्त्रालयले मन्त्रिपरिषद्मा लगेर निर्णय गरेपछि त्यसैअनुसार परीक्षा हुन्छ,’ उनले भने । सामान्य अवस्था भए परम्परागत विधिबाटै परीक्षा सञ्चालन गर्न उपयुक्त हुने बोर्डले जनाएको छ तर तत्काल सामान्य अवस्था हुने सम्भावना कम छ । यस्तो परिस्थितिमा वैकल्पिक विधिबाटै कार्यविधि बनाएर परीक्षा सञ्चालन गर्न सिफारिस गरिएको अर्यालले जानकारी दिए । क्रमिक रूपमा संक्रमण घट्दै गए होम सेन्टरमा लिखितसहित आंशिक रूपमा वैकल्पिक परीक्षा सञ्चालन गरेर पनि मूल्यांकन गर्न सकिने बोर्डले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)