बैंक ठगेर निजी विमान र मंहगा कार चढ्ने क्रिस्टोफर दण्डित
baahrakhari.com · Sat May 28 01:12:00 GMT 2022
बर्मिंघम । अमेरिकाको अलावामा निवासी एक व्यक्तिलाई बैंक घोटाला गरेर धनाढ्य जीवन जिइरहेको अभियोगमा दोषी ठहर गरी सजाय सुनाइएको छ । बैंकलाई ठगेर कमाएको पैसाले भेस्टाभिया निवासी ३९ वर्षिय क्रिस्टोफर ए. मोन्टालवानोले एउटा निजी विमान र महँगा कारहरू जस्तै फेर्रारिस र लाम्वोर्घिनिससमेत किनेर मोज गर्दै आएका थिए ।
बिहीबार एक अदालतले उनलाई १५ वर्ष लामो कारावास सजाय र क्षतिपूर्ति वापत १ करोड २० लाख अमेरिकी डलर जरिबाना तोकेको छ । उनले चार वर्ष लगाएर सन् २०२० मा आफ्नो ठगी मनाशय पूरा गरेका थिए । गत नोभेम्वरमा जालसाजी, बैंक घोटाला र मुद्रा अपचलन अभियोगमा दोषी करार गरिएका उनलाई अमेरिकी जिल्ला एन्नेम्यारी एक्सोनले सजाय सुनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)