मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलेसियामा एकै दिन नेपालीसहित ११ सय गैरकानुनी कामदार पक्राउ

rajdhanidaily.com · Fri Dec 22 23:22:12 GMT 2023

काठमाडौं । मलेसियामा एकै दिन नेपालीसहित १ हजार १ सय कामदार पक्राउ परेका छन् । त्यहाँको जालान सिलाङ र कोटा राय’roundका क्षेत्रमा गरिएको व्यापक कारबाहीमा १ हजार १ सय १ गैरकानुनी विदेशी पक्राउ गरिएको हो ।

क्वालालम्पुरका प्रहरी प्रमुख कमम दातुक अल्लाउद्दीन अब्दुल माजिदले बुकित अमानको आन्तरिक सुरक्षा र सार्वजनिक व्यवस्था विभागको नेतृत्वमा रहेको संयुक्त अभियान बिहीबार बिहान ११ बजे सुरु अपरेसनमा उनीहरूलाई पक्राउ गर्न सफल भएको जानकारी दिए । ‘हामीले दुई बालबालिकासहित विभिन्न राष्ट्रियताका १ हजार १ सय १ गैरकानुनी विदेशीलाई पक्राउ ग¥यौं,’ प्रहरी प्रमुख अब्दुल माजिदले प्रहरी तालिम केन्द्र (पुलापोल)मा आयोजित पत्रकार सम्मेलनमा भने, ‘केही व्यक्तिले भाग्ने प्रयास गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)