राजाको पछुतो
nayapatrikadaily.com · Thu Mar 23 00:30:00 GMT 2023
कुनै एक राज्यमा एक राजा थिए । उनीसित एक बुद्धिमान् र सुन्दर सुगा थियो । सुगाको सुन्दरता र उसको मिठो बोलीले गर्दा राजा जहिल्यै ऊदेखि खुसी रहन्थे । एक दिन सुगाले राजासित आफ्ना बाबुआमा र आफन्तलाई भेट्न जंगल जाने इच्छा व्यक्त गर्यो । राजाले पनि उसलाई पाँच दिनको छुट्टी दिए ।
सुगा जंगलमा गयो । उसले आफ्ना आमाबुबा र आफन्तलाई भेट्यो । आफन्तसितको केही दिनको रमाइलोपछि ऊ पुनः दरबारमा फर्कियो । फर्किंदा उसले राजालाई विशेष उपहारका रूपमा अमृत फल लगिदिने विचार गर्यो । अमृत फल पहाडको चुचुरोमा थियो । ऊ चुचुरोमा पुग्यो र एउटा अमृत फल टिप्यो । फर्किने क्रममा रात परेकाले उसले सोही पर्वत आसपास नै विश्राम गर्ने विचार गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)