मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पाइपलाइनमा रहेका प्रिमियम आइपिओ अन्योलमा

nayapatrikadaily.com · Fri Jan 12 00:39:00 GMT 2024

प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन (आइपिओ) जारी गरेका कम्पनीहरू विवादमै रहेको समयमा अन्य तीन कम्पनीहरू भने नेपाल धितोपत्र बोर्डको स्वीकृति पर्खिरहेका छन् । दुई साताअघि सार्वजनिक लेखा समितिले प्रिमियम मूल्यमा आइपिओ निष्कासनका लागि अनुमति दिएको विषयमा बोर्डमाथि प्रश्न उठाएको थियो । साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत अनुसन्धान गर्नका लागि निर्देशन दिएको थियो । तर, विवादकै बीच प्रिमियममा आइपिओ निष्कासन गर्नका लागि कम्पनीहरू धितोपत्र बोर्डमा पुगेका छन् ।

पछिल्लो समय बोर्डको स्वीकृतिका लागि प्रिमियममा सेयर निष्कासन गर्न पुगेका कम्पनीमा हस्पिटल एड्भान्स मेडिसियन एन्ड सर्जरी (ह्याम्स अस्पताल)ले अंकित मूल्यसहित दुई सय ८८ रुपैयाँका दरले ३२ करोड ४० लाखबराबरको ११ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)