दुई जिल्लाको एउटै कारागार : क्षमताभन्दा ५ गुणा बढी कैदीबन्दी
abhiyandaily.com
रुकुम (अस) । रुकुम पश्चिमको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । २५ जनाको क्षमता रहेको रुकुम पश्चिमको कारगारमा रुकुम पूर्व र रुकुम पश्चिमका १२५ जना कैदबन्दी तथा थुनुवा रहेको जिल्ला कारागार शाखा रुकुम पश्चिमले जानकारी दिएको छ, जसमध्ये पुरुष ११५ जना, महिला आठजना र आश्रित नाबालक दुईजना रहेको जिल्ला कारागार शाखाले जानकारी दिएको छ ।
कारागारमा क्षमताभन्दा बन्दी धेरै हुँदा एउटै कोठामा १०–१५ जना सुत्नुपर्ने समस्या रहेको निमित्त कार्यालय प्रमुख अविर घर्तीले बताए । ‘कैदीबन्दी धेरै हुँदा खाने, बस्ने, सुत्ने र शौचायलको समेत समस्या हुने गरेको छ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)