ब्याजदरमा तोडियो ‘भद्र सहमति’
ekantipur.com · Sat Feb 12 01:45:44 GMT 2022
काठमाडौँ — निक्षेपको ब्याजदर स्थिर राख्ने सम्बन्धमा वाणिज्य बैंकहरूबीचको ‘भद्र सहमति’ तोडिएको छ । बैंकर्स संघ बैठकले शुक्रबार ब्याजदरमा यसअघिको ‘भद्र सहमति’ खारेज गर्ने निर्णय गरेको हो । यससँगै फागुनदेखि बैंकहरूले आफ्नो वर्गका बैंकहरूको औसत ब्याजदरका आधारमा राष्ट्र बैंकको निर्देशित सीमाभित्र रहेर अधिकतम १० प्रतिशत बिन्दुले बढाउन–घटाउन सक्नेछन् ।
राष्ट्र बैंकले गत असोजदेखि ब्याजदरमा हस्तक्षेप गर्दै आएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो वर्गका वित्तीय संस्थाको निक्षेपको औसत ब्याजदरको तुलनामा बढीमा १० प्रतिशत बिन्दुले घटाउन वा बढाउन पाउँछन् । सोही निर्देशनअनुसार बैंकहरूले गत कात्तिक र मंसिरमा निक्षेपको ब्याजदर बढाएका छन् । तर पुस र माघमा आपसमा ‘भद्र सहमति’ गरेर निक्षेपको ब्याजदर स्थिर राखेका थिए । अहिले त्यही ‘भद्र सहमति’ खारेज भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)