मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इच्छाराजकी श्रीमती सिर्जनाको नाममा अस्वाभाविक सम्पत्ति

nayapatrikadaily.com · Mon Dec 20 00:18:00 GMT 2021

सिभिल सहकारी ठगीको मुख्य योजनाकार इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङले सरकारी जागिर अवधिभर ३२ लाख रुपैयाँ मात्रै कमाइन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको प्रतिवेदनमा उनको नाममा अर्बभन्दा धेरै सम्पत्ति रहेको खुलेको छ ।

सिआइबीका अनुसार सिर्जना नेपाल सरकारको ओभरसियर हुन् । उनले २१ भदौ ०४६ मा सरकारी सेवामा प्रवेश गरी १७ वैशाख ०७४ मा स्वेच्छिक अवकाश लिएकी थिइन् । विभिन्न सरकारी कार्यालयमा रहेर काम गरेकी उनले जागिरे अवधिभर ३२ लाख रुपैयाँ मात्रै कमाइ गरेकी थिइन् । तर, उनको नाममा अहिले अस्वाभाविक रूपमा सम्पत्ति फेला परेको ब्युरो प्रमुख डिआइजी धीरजप्रताप सिंहले बताए । सिंहका अनुसार सिर्जनाको सम्पत्ति सेयर, जग्गा र लक्जरी गाडी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)