सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच सम्झौता
abhiyandaily.com
काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंक र दराज अनलाइन शपिङ प्लेटफर्मबीच छूट दिने सम्झौता गरिएको छ । दुवै संस्थाले नयाँ वर्षको अवसरमा उपभोक्तालाई छूट दिने सम्बन्धमा सोमवार सम्झौता गरेका हुन् ।
नयाँ वर्षको अवसरमा दराज अनलाइनमार्फत शपिङ गरी अनलाइनमार्फत नै भुक्तानी गर्दा बैंकका ग्राहकले १० प्रतिशत छूट पाउने बैंकले जानकारी दिएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र दराजका डिजिटल पेमेन्ट पार्टनरशिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । सोमवारदेखि लागू हुनेगरी डेबिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा १० प्रतिशत छूट तथा १ हजार रुपैयाँ छूट पाइने दराज अनलाइनले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)