मूल्यवृद्धिको १ वर्ष नपुग्दै डेरी उद्योगीले फेरि बढाए १४ रुपैयाँ
ekantipur.com · Sat Dec 31 01:01:21 GMT 2022
काठमाडौँ — मूल्यवृद्धि गरेको एक वर्ष नपुग्दै डेरी उद्योगीहरूले दूधको खुद्रा मूल्य फेरि बढाएका छन् । डेरी उद्योग संघको संरक्षणमा केही डेरी उद्योगीले किसानको बहाना बनाउँदै दूधमा प्रतिलिटर १४ रुपैयाँ मूल्य बढाएका हुन् । राष्ट्रिय दुग्ध विकास ऐन तथा नीतिअनुसार दुई/दुई वर्षमा मात्रै बजारमूल्य समायोजन गर्न पाइन्छ ।
यसअघि ०७८ माघ २८ मा सरकारले दूधको फ्याटका आधारमा प्रतिलिटर ९ देखि १४ रुपैयाँसम्म मूल्य बढाइसकेको छ । तर सरोकारवाला निकायसँग छलफल र नीतिविपरीत केही उद्योगीले मनलाग्दी मूल्य बढाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)