पिपुल्स इनर्जीले आइपिओ ल्याउने
gorkhapatraonline.com · Fri Jun 05 00:33:15 GMT 2026

पिपुल्स इनर्जी लिमिटेडले ६६ करोड रुपियाँ बराबरको साधारण सेयर (आइपिओ) ल्याउने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको ६६ लाख कित्ता आइपिओको प्रत्याभूति गर्ने जिम्मेवारी ज्योति क्यापिटल लिमिटेडले प्राप्त गरेको छ । कम्पनीले प्रतिसेयर एक सय रुपियाँ अङ्कित दरका कुल ६६ लाख कित्ता सेयर जारी गर्ने तयारी गरेको छ, जसको कुल आकार ६६ करोड रुपियाँ बराबर रहेको छ ।
सेयर जारी गर्ने ज्योति क्यापिटल र पिपुल्स इनर्जीबिच सेयर प्रत्याभूति सम्झौता भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल तथा पिपुल्स इनर्जीका महाप्रबन्धक जनार्दन अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)