मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनक दीप

rajdhanidaily.com · Sun Mar 26 23:36:02 GMT 2023

काठमाडौं । निर्देशकको छाता संस्था नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा निर्देशक जनकद्वीप पराजुली चयन भएका छन् । अध्यक्षको अर्की उम्मेदवार सुचित्रा श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि पराजुली अध्यक्षमा निर्विरोध चयन भएका हुन् । बाँकी अरू पदमा पनि निर्विरोध चयन भएका छन् ।

समाजको शनिबार सम्पन्न १५औं वार्षिक साधारण सभाबाट उपाध्यक्षमा सुभासप्रसाद गजुरेल र दीपशिखा खड्का चयन भएका छन् । यसैगरी, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देबेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सहकोषाध्यक्षमा राज बस्न्यात चयन भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)