सिके राउत नेतृत्वको जनमतले असोजमा महाधिवेशन गर्ने
nepalpress.com · Mon Mar 16 06:01:16 GMT 2026

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले महाधिवेशनको आगामी असोजमा गर्ने भएको छ। पार्टीको सचिवालय बैठकले असोज ९ र १० गते महाधिवेशन गर्ने निर्णय गरेको महासचिव चन्दन सिंहले बताए।
अध्यक्ष राउतले आजै संसदीय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्। पार्टी नेतृत्वमा भने आवश्यकता अनुसार रहने जनाएका छन्।
बैठकले क्षेत्रीय स्तरमा चैत ७ गतेसम्म बैठक बसी चुनावको समीक्षा गरी लिखित प्रतिवेदन तयार पारेर केन्द्रीय सचिवालयमा पठाउन पनि निर्देशन दिएको छ।
देशभरका जिल्लामा तदर्थ जिल्ला पदाधिकारी चयन गर्ने, जिल्ला समन्वय समितिका सदस्यमध्येबाट बढीमा ७ जना सम्म रहने गरी चैत १४ गतेसम्म भौतिक बैठकमार्फत पदाधिकारी चयन गरिने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)