मधेस सरकारले पाँच वर्षमा किन्यो १ अर्ब २९ करोड ६१ लाखको सवारी साधन
farakdhar.com · Wed Apr 26 17:18:51 GMT 2023
एकातर्फ मुलुकले आर्थिक संकटको सामना गरिरहेको छ भने अर्कोतर्फ सुशासन कायम हुन नसक्दा भ्रष्टाचार र बेथिति मौलाएको छ । तर, विधिको शासन र सुशासनका लागि नेतृत्व गर्नुपर्ने सरकारकै मन्त्रीहरु सत्ता र शक्तिको मोहमा फस्दा जनहितका मुद्दाहरु ओझेलमा परेका छन् ।
विकास र सुशासनका काम छाडेर मधेस प्रदेशका मन्त्रीहरुले गरिरहेको सरकारी गाडीको दुरुपयोग त्यसको एउटा उदाहरण हो । मधेस प्रदेशको दोस्रो कार्यकालका लागि मुख्यमन्त्री सरोजकुमार यादवसँगै अर्थ मन्त्रीको रुपमा सञ्जयकुमार यादवले शपथ खाए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)