स्वदेशी उत्पादनमा जोड देऊ
rajdhanidaily.com · Sun Apr 24 23:41:38 GMT 2022
विदेशमा उत्पादित विलासिताका सामान आयातमा रोक लाग्न थालेपछि नेपालको विदेशी डलरको सञ्चितीमा कमी आउँदै गइरहेको छ । यसले देशको तरलता अभाव न्यूनीकरण गर्न केही सहयोग पुग्ने देखिन्छ । सरकारले सवारीसाधन, मदिरा, सुनचाँदी र महँगा ल्यापटप, मोबाइल सेटलगायतका वस्तुलाई ‘विलासिताका सामान’ करार गर्दै ती वस्तुको आयातमा कडाइ गर्ने निर्णय लिए पनि देशभित्रका जनताको आकांक्षा र मागअनुसार ती सामानमा कमी आउन सकिरहेको छैन । यसमा नेपालको बाध्यता पनि छ । उच्च प्रविधिबाट निर्मित यस्ता सामान नेपाल आफंैले उत्पादन गर्न सक्ने हैसियतमा छैन । तर, यस्ता ल्यापटपलगायतका सामग्रीको आवश्यकता भने नेपालीजनजीवनमा बढ्दै गइरहेको छ । एउटा त यस्ता सामग्री घर, अफिस तथा वैयक्तिक दैनन्दिन कामका लागि आधारभूत साधनका रूपमा स्वीकार्य भइसकेका छन् । दोस्रो, खुलाबजार अर्थनीति अवलम्बन गरिएका कारणले पनि ती सामानमा रोक लगाउन सकिने सम्भावना छैन । तेस्रो कुरा, शिक्षामा अनलाइन प्रविधि भिœयाइएपछि मोबाइल र ल्यापटप हरेक विद्यार्थीका लागि आवश्यक साधन बनिसकेका छन् ।
त्यसैले पनि विलासिताका सामान कम गर्नेभन्दा भन्दै चालू आर्थिक वर्षको नौ महिनामै यसको ३१ दशमलव ९७ प्रतिशतले वृद्धि हुन गएको छ । परिणामतः यही नौ महिनाको अवधिमा यी विलासासितामा दर्ज गरिएका सामानको आयातमा १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ खर्च हुन पुगेको छ । मोबाइल फोन मात्र ३५ अर्ब रुपैयाँबराबरको ५० लाख थान भित्रिएका छन् । यो नेपालको आर्थिक सञ्चयमा आएको एक ठूलो झड्का हो । देशमा आर्थिक सन्तुलन के कसरी ल्याउने भन्ने समस्या खड्किएको छ । आर्थिक क्षेत्रसँग सम्बन्धित तालुक निकायका रूपमा रहेको अर्थ मन्त्रालय तथा यस मातहतका निकायमा खटपट सुरु भएको छ । यसको समाधान समयमै गर्न सकिएन भने यसले झन ठूलो आर्थिक विपत्ति निम्त्याउने देखिएको छ । त्यसैले यस’bout जबर्जस्त रोक लगाउने, कटाउने वा हटाउने जस्ता कामकार्य अघि बढाएमा यसले कालोबजारी र मूल्यवृिद्धमा बढावा दिने देखिएको छ । संकेतका रूपमा अहिले ल्यापटप, मोबाइल तथा सौन्दर्य प्रशोधनका सामग्रीमा अनावश्यक मूल्य बढिरहेको देखिएको छ । सरकारी निकायबाट मन दिनेगरी न त अनुगमन भएको छ न त समीक्षा नै । यसले झन् उपभोक्तामा उल्टै महँगीको मार पार्ने देखिन थालेको छ । अर्कोतिर, महामारी सुरु भएसँगै मास्क, सेनिटाइजर, रुमाललगायतका सामग्री खपतमा निकै बढोत्तरी हुँदै गइरहेको छ । पहिले डर र करले प्रयोग गरिएका यी सामग्री अहिले जीवनपद्धतिका रूपमा लागू हुँदै गइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)