भोट दिन मन लाग्ने कांग्रेस बनाउन महाधिवेशन अनिवार्य : गगन थापा
barnanmedia.com · Wed Nov 05 22:32:41 GMT 2025

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन केवल नेतृत्व चयन वा नियमित प्रक्रिया मात्र नभएर देश र नागरिकको विश्वास जित्नका लागि समीक्षा र सङ्कल्प गर्ने अनिवार्य सर्त भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले भदौ २३ गतेको युवा आन्दोलनले दिएको सन्देशलाई आत्मसात् गर्दै पार्टी सच्चिनका लागि महाधिवेशनको विकल्प नभएकोमा जोड दिए।
महामन्त्री थापाले महाधिवेशनलाई चुनावअघि वा पछि गर्ने भन्ने प्राविधिक बहसमा मात्र सीमित नगरी पार्टीको अहिलेको अवस्था, देशप्रतिको जिम्मेवारी र नागरिकको अपेक्षासँग जोडेर हेर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)