रामचन्द्र पौडेलद्धारा ‘शुक्रराज शर्मा’ प्रदेश सभापतिको उम्मेदवार भएको घोषणा
hamrakura.com · Fri Dec 03 00:00:00 GMT 2021
पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले नेता शुक्रराज शर्मालाई प्रदेश सभापति पदको उम्मेदवार घोषणा गरेका छन् । बिहीबार राति ८ः३० बजे नेता पौडेलले शर्मालाई गण्डकी प्रदेश सभापतिको उम्मेदवार घोषणा गरेका हुन् ।
दुई दिनदेखि पोखरामा रहेर छलफल गरेका नेताहरु पौडेल र शशांकलाई आफू पक्षीय नेताहरु मिलाउन निकै सकस परेको थियो । आफू पक्षका पाँच नेता नै आकांक्षी भएर आफू खुशी उम्मेदवारी घोषणा गरेपछि नेता पौडेल तनावमा थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)