मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विहार विधानसभा निर्वाचन : मोदी अररिया आउने भएपछि सुनसरीको सीमा क्षेत्रमा कडाइ

barnanmedia.com · Wed Nov 05 22:52:42 GMT 2025

भारतको बिहारमा हुने आसन्न विधानसभा निर्वाचन नजिकिँदै जाँदा सुनसरी र मोरङ जिल्लाको सुरक्षामा कडाइ गरिएको छ। बिहारको अररिया जिल्लामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी सभाको तयारी भइरहेका बेला सुनसरी र मोरङका सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

मोदी बिहीबार अररिया जिल्लामा जनसभालाई सम्बोधन गर्न आउने कार्यक्रम तय भएपछि नेपाल-भारत सीमामा दुबै देशका सुरक्षाकर्मीहरू सक्रिय भएका छन्। सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले मोदीको आगमनलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा निगरानी र चेकजाँच कडा पारिएको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)