मुख्य सामग्रीमा जानुहोस्

समाचार

Article

भारतीय गणतन्त्र दिवस: नेहरुदेखि मोदीसम्म

rajdhanidaily.com · Tue Jan 25 23:40:58 GMT 2022

जनवरी २६ का दिन भारतका संविधान लागू भएको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाइने गरिन्छ । भारतको गणतान्त्रिक यात्रामा नेतृत्वहरूको कृतित्व, व्यक्तित्व र वक्तृत्वको योगदानलाई नजरअन्दाज गर्न सकिँदैन । भारतको गणतन्त्रको चर्चा गर्दा सर्वप्रथम पण्डित नेहरुको व्यक्तित्व’boutमा चर्चा गर्न उचित देखिन्छ । नेहरूको व्यक्तित्व’boutमा भारतीय जनता पार्टीका आगमनका साथ विभिन्न टीका टिप्पणी पढ्न पाइन्छ । प्रजातान्त्रिक वातावरणमा मूर्धन्य व्यक्तित्व’boutमा वहस र विमर्श हुनु सकारात्मक कुरा भए तापनि नेहरूको विरोध एउटा भाष्यका रूपमा विकसित भइरहेको छ ।

वास्तवमा भारतलाई प्रजातान्त्रिक लिकमा ल्याउन र चुनावी प्रक्रियाको माध्यमबाट प्रजातन्त्रको गोडमेल गर्ने विराट अभिभारा नेहरुले नै निर्वाह गरेका थिए । सन् १९५२ को प्रथम आम चुनाव गराएर उनले सारा संसारलाई चकित पारेका थिए । भारतको पहिलो आमनिर्वाचन गर्न उनले बेलायतका विश्व विद्यालयबाट स्वर्णपदक प्राप्त गणितज्ञ सुकमार सेनलाई निर्वाचन प्रमुख बनाएका थिए । १७६ मिलिपन भारतवासी लगभग २० वर्षका थिए । ८५ प्रतिशत निरक्षर थिए । भौगोलिक विकटता, निरक्षरता र गरिबीले गर्दा आमचुनाव सम्भव नरहेको कुरा पश्चिमा छापाखानाले सर्वक्षण गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)