फरार प्रतिवादी १९ वर्षपछि पक्राउ
ekantipur.com · Tue Dec 12 16:57:16 GMT 2023
सिन्धुपाल्चोक — सवारी ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादी १९ वर्षपछि पक्राउ परेका छन् । इलाका प्रहरी बाह्रबिसेकाअनुसार सवारी दुर्घटनापछि घटनास्थलबाट भागेका चौतारा साँगाचोकगढी नगरपालिका-१० बस्ने ५१ वर्षका पृथ्वीबहादुर खड्का समातिएका हुन् ।
२०६१ वैशाख २५ मा दिउँसो सुनकोसी गाउँपालिकाको थुम्पाखरक्षेत्रमा पर्ने ११ किलो लामोसाँघु जिरी सडकखण्डमा खड्काले चलाएको बस दुर्घटना भएको थियो । ना १ ख ९०४५ नम्बरको बस दुर्घटना हुँदा रामेछाप टोकरपुरका १९ वर्षीय रमेश पाठकको मृत्यु भएको थियो । मृत्युको खबरसहित घटना भएलगत्तै वारदातपश्चात् खड्का फरार रहेको इप्रका बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)