मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्यानेजरले हपारेपछि विदेश जाने सपना त्यागेका इमानसिं च्याउखेतीबाट स्वदेशमै गर्छन् करोडको कारोबार

shilapatra.com · Thu Jan 05 00:39:29 GMT 2023

तत्कालीन विद्रोही समूह नेकपा माओवादी र राज्य पक्षबीच चलेको युद्ध चरम उत्कर्षमा पुगेको थियो । द्वन्द्वरत दुवै पक्षबाट नागरिक सुक्षित थिएनन् । निर्धक्क विद्यालय जान सक्ने अवस्था पनि थिएन । देश आन्तरिक युद्धमा भएकाले रोजगारीका लागि कुनै अवसर नेपालमा थिएन ।

डरका बाबजुद जसोतसो उच्च शिक्षाअन्तर्गत आईए सकाएर बसेका थिए इमानसिं बस्नेत । सुर्खेतको वीरेन्द्रनगर– ११, चौखेढुंगाका बस्नेतलाई पनि देशमा रोजगारीको कुनै सम्भावना नदेखेपछि खाडी मुलुक हानिन मन लाग्यो । कुरा २०५६ सालतिरको हो । त्यतिबेला अहिलेको जस्तो रोजगारीका लागि विदेश जानु पनि त्यति सहज भने थिएन । आकर्षक तलबको आशाले खाडी हानिन खोजेका इमानसिंका लागि अहिलेको जस्तो नि:शुल्क भिसा र टिकटको व्यवस्था थिएन । उनका बुबा भारतीय सेनामा कार्यरत भएकै कारण उनलाई विदेश जान आर्थिक रूपमा कुनै समस्या थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)