मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नौ लाख डोज ‘भेरोसेल’ खोप आज आइपुग्दै

thahakhabar.com

काठमाडौं : चीनबाट आज कोरोनाविरुद्धको खोप आउँदैछ। चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ८ लाख डोज खोप आज दिउँसो २ बजे नेपाल आइपुग्ने छ।

नेपाल वायुसेवा निगमको विमानले ८ लाख खोप नेपाल ल्याउनेछ। यसैगरी, तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख डोज खोप हिमालयन एयरलाइन्सको विमानमार्फत आजै ल्याइने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)