तनहुँमा सबै क्षेत्र खुकुलो बनाउँदै निषेधाज्ञा थप
ratopati.com
सबै क्षेत्र खुकुलो बनाउँदै तनहुँमा साउन २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले नवौं पटक निषेधाज्ञा थप गर्दै साउन २० गतेसम्म लम्ब्याएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा साउन १० गतेसम्म कायम छ ।
छिमेकी जिल्लामा डेल्टा भेरियन्टको सङ्क्रमण देखिएको र तनहुँमा पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा लम्ब्याउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । निषेधाज्ञा थपिए पनि सबै क्षेत्र खुकुलो बनाइएको छ । यसअघि बिहान ०९ बजेदेखि ३ बजेसम्म खुल्दै आएका सबै सेवा र व्यवसाय बिहान ०५ बजेदेखि साँझ ४ बजेसम्म खोल्ने निर्णय भएको छ । साथै लामो तथा मध्यम दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधन बिहान ०६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय बैठकले गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)