अर्थतन्त्रका मुख्य सूचकमा सुधार
arthasansar.com
केही महिनायता समस्याग्रस्त रहेको अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९÷८० का सुरुका तीन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार शोधनान्तर, विदेशी विनिमय सञ्चिति तथा विपे्रषण आप्रवाहमा क्रमिक सुधार भइरहेको छ ।
विगत लामो समयदेखि ऋणात्मक रहेका अर्थतन्त्रका मुख्य सूचकमा चालू आवको असोजसम्ममा सुधार देखिन थालेको हो । गत वर्षको असोजमा ८७ अर्ब ७१ करोड रुपियाँले घाटामा रहेको शोधनान्तर स्थिति यो वर्षको असोजमा १२ अर्ब ४३ करोड रुपियाँले बचतमा आएको छ । यसैगरी गत वर्षको असोजमा एक खर्ब ४९ अर्ब रुपियाँले घाटामा रहेको चालू खातामा सुधार आई ३४ अर्ब २८ करोड रुपियाँको घाटामा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)