मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बुन्डेसलिगा : बायर्नमाथि लेभरकुजनलाई ५ अंकको अग्रता

ekantipur.com · Sun Feb 11 00:59:23 GMT 2024

काठमाडौँ — बायर लेभरकुजनले जर्मन बुन्डेसलिगामाथि बायर्न म्युनिखमाथि उत्कृष्ट ३–० को जित निकालेको छ । यो नतिजापछि डिफेन्डिङ च्याम्पियन बायर्नको उपाधि रक्षा गर्ने अभियान कमजोर भएको छ ।

अर्कोतर्फ लेभरकुजनले शीर्ष स्थानमा पाँच अंकको अग्रता खोलेको छ । लेभरकुजनलको ५५ अंक भएको छ भने बायर्न ५० अंकमा दोस्रो स्थानमा छ । ज्याभी एलोन्साको टिमका लागि जोसिप स्टानिसिच, एलेक्स ग्रिमाल्डो र जेरेमी फ्रिपोङले गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)