मखन आगलागी: घरमा बस्ने व्यक्तिहरुका बारेमा घरधनीसँगै सूचना नहुँदा ज्येष्ठ महिलाको ज्यान गयो
newsofnepal.com · Wed May 14 17:02:57 GMT 2025

काठमाडौँ ।
आगो सल्किएको घरमा को को बस्छन् भन्ने सूचना नहुँदा काठमाडौँमा आज एक जना ज्येष्ठ नागरिकको ज्यान गएको छ । बिहान करिब ६ बजेर ५० मिनेटमा दयाराम श्रेष्ठको कच्ची घरबाट आगो सल्किएको थियो । आगो फैलिएर छिमेकी रुकेश श्रेष्ठसहितका २ वटा घरमा क्षति भएको छ । आगोले जलेका यी ३ वटै घर मालिकले यी घर भाडामा दिएर आफू अन्यत्र बस्दै आएका थिए । आगो सल्किएपछि घरमा भएका १ जना महिला, १ जना पुरुष र एक जना बच्चाको उद्धार गरिएको थियो । ती घरमा को को बस्थे भन्ने बारेमा घरधनीलाई समेत सूचना नभएपछि आगो नियन्त्रण गर्न जुद्ध बारुण यन्त्र कार्यालय काठमाडौँ र ललितपुरका दमकल, अग्निनियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरीसहित सुरक्षाकर्मी र स्थानीयबासीले प्रयास गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)