ललितपुरमा संस्थापन भित्रै लडाइ : उदयशमशेरको कब्जा
hamrakura.com · Mon Nov 22 00:00:00 GMT 2021
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुर जिल्लाको ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा संस्थापन समूहले कब्जा जमाएको छ । ललितपुरमा जिल्ला सभापति मदनबहादुर अमात्य र नेता उदयशमशेर राणा पक्षबीच प्रतिस्पर्धा भएको थियो । उनीहरु दुवै जना गुटका हिसाबले संस्थापन निकट हुन् ।
ललितपुर क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा राणा पक्षका उम्मेदवार मिलन सिलवाल विजयी भएका हुन् । उनका प्रत्यासी तिर्थ घलान थिए । उनी अमात्य निकट हुन् । त्यस्तै प्रदेश सभा (ख) मा राणा पक्षका उम्मेदवार ज्ञानबहादुर लो विजयी भए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)