मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाले अवैधरूपमा बसोबास गर्ने ५ जना नेपालीलाई गर्‍यो निष्कासन

barnanmedia.com · Tue Apr 01 22:53:16 GMT 2025

अमेरिकाले अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ५ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो।

दुई साताअघि ६ जनालाई निष्कासन गरेको अमेरिकाले अघिल्लो साता थप ५ जनालाई निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा खड्का, ओली, चौधरी, केसी र विक थरीका एक-एक जना रहेका छन्। एयर इन्डियाको विमानबाट उनीहरूलाई नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरू अघिल्लो साता काठमाडौं ओर्लिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)