छत्तीसगढ र तेलंगानाको सिमानामा ३१ माओवादी मारिएकाे प्रहरीको दाबी
baahrakhari.com · Wed May 14 17:58:18 GMT 2025

काठमाडौं । भारतको छत्तीसगढ र तेलंगानाको सिमानामा अवस्थित विजापुरको करेगुट्टालु पहाडमा विगत २४ दिनदेखि जारी अपरेसनमा सुरक्षा बलले ३१ माओवादी मारेको दाबी गरेको छ । छत्तीसगढका प्रहरी महानिर्देशक अरुणदेव गौतम र सीआरपीएफका महानिर्देशक जीपी सिंहले पत्रकार सम्मेलनमा यस पहाडमा संदिग्ध माओवादीहरूले राखेका ४५० वटा आईईडी र अत्याधुनिक हतियार बनाउने चारवटा कारखाना पनि सुरक्षा बलले ध्वस्त पारेको बताए ।
प्रहरीले बताएअनुसार करेगुट्टालु पहाड लगभग ६० किलोमिटर लामो र पाँच किलोमिटरदेखि २० किलोमिटर चौडा पहाडी क्षेत्र हो, जुन ३००–३५० सशस्त्र माओवादीहरूको लुक्ने ठाउँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)