अब आफ्नो आईफोन घरमा आफैँले मर्मत गर्न सकिने
techpana.com · Wed Nov 17 16:35:07 GMT 2021
काठमाडौं । आईफोन बजारमा उपलब्ध भएको १४ वर्ष पछि एप्पलले आफ्ना ग्राहक स्वयम्ले आफ्नो उपकरण मर्मत गर्नसक्ने विकल्प दिन थालेको छ । कम्पनीले यसका लागि ‘ सेल्फ सर्भिस रिपेयर ‘को घोषणा गरेको छ ।
जसले आईफोन ट्वेल्भ र आईफोन थर्टिनका प्रयोगकर्तालाई आफ्नो फोनको डिस्प्ले, ब्याट्री र क्यामेरा सम्बन्धी समस्यालाई सम्बोधन गर्नेछ । अन्य रिपेयर (मर्मत सम्भार) को सुविधा अर्को वर्षको अन्त्यतिरबाट उपलब्ध हुने र सेल्फ सर्भिसको विकल्प भविष्यमा एमवान चिप प्रयोग गरिएका म्याक कम्प्युटरमा समेत उपलब्ध हुने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)