मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज संघ र प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता

nayapatrikadaily.com · Sun Oct 09 00:34:00 GMT 2022

आगामी ४ मंसिरमा हुने संघ र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आइतबार हुँदै छ । निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ ।

मनोनयनको पूर्वसन्ध्यामा शनिबार आयोगले पत्रकार सम्मेलन गर्दै मनोनयनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । ‘मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारी दर्ताको कार्यक्रमका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)