सरकारी मोटरसाइकलमा नेकपाको झण्डा फरर
hamrakura.com · Sat Jan 30 17:04:00 UTC 2021
काठमाडौं। स्थानीय तहमा जनप्रतिनिधिको सेवासुविधाका लागि वितरण गरिएको सरकारी मोटरसाइकल जथाभाबी प्रयोग बढ्न थालेको छ । सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटको मोटरसाइकलमा पार्टीको झण्डा बोकेर हिड्ने गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धेरैले उक्त तस्बिरलाई शेयर गरेका छन्, भने जनप्रतिनिधिको लापरबाही भन्दै तीव्र आलोचनासमेत गरेका छन् ।
शनिबार कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष नवीन पुनमगरले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल दुरुपयोग भएको छ । वडाअध्यक्ष पुनमगरले प्रयोग गर्दै आएको से१ब ६६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकल दुरुपयोग भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)