प्रचण्ड आज दिल्ली जाँदै : मोदीसँग आइतबार, नड्डासँग शनिबार वार्ता
nayapatrikadaily.com · Fri Jul 15 00:05:00 GMT 2022
माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार तीनदिने भारतको औपचारिक भ्रमणमा दिल्ली जाने भएका छन् । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा जान लागेका प्रचण्डले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उच्च भारतीय अधिकारीसँग भेटवार्ता गर्ने तय भएको छ ।
कूटनीतिक स्रोतहरूका अनुसार प्रचण्डले आइतबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग उनको निवासमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भाजपा मुख्यालयमा शनिबार भेटवार्ता हुनेछ । प्रचण्डले शनिबार प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री डा. एस. जयशंकरसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)