जहाँ शसस्त्र द्वन्द्वको अन्तिम हमला भएको थियो ….
rajdhanidaily.com · Fri Feb 17 23:26:53 GMT 2023
कालिकोट । माओवादी आक्रमणको अन्तिम निशाना बनेको कालीकोटको पिली कोपको सुक्खा डाँडो आगोले खाएर कालो बनेको छ यतिखेर । कोप डाडोलाई हरियाली बनाउन स्थानीयले तीन वर्षअघि रोपेका लेप्टिस, बकाइनो, खयर, सल्लो, सिसौलगायतका ५ हजार बढी बिरुवा माघ पहिलो साता लागेको आगोले जलेपछि स्थानीय दुःखी छन् ।
१० वर्षे जनयुद्धले थलिएको पिलीको उजाड डाँडो हरियाली बनाउन दुःख गरी आफ्नो पालामा बिरुवा रोपे पनि यतिखेरको आगलागीबाट जोगाउन नसकेकोमा खाडाचक्र ७ पिलीका निर्वमान वडाध्यक्ष रजबहादुर मल्लको मन कुँडिएको छ । गाग्रीमा पानी बोकेर जगाएका बुट्यान सबै मरे ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)