पुसको कठ्याङ्ग्रिँदो चिसोमा पनि रोकिएन नदी सफाइ अभियान
baahrakhari.com · Sat Dec 24 17:23:00 GMT 2022
काठमाडौं । पुस महिनाको बिहानी कठ्याङ्ग्रिने चिसो तैपनि वाग्मती सफाइ अभियानकर्मी नदी किनारमा जान छोडेनन् । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएदेखि जाडो, गर्मी, झरी, न कोरोना महामारी वा भूकम्पको जोखिम जुनसुकै अवस्थामा पनि वाग्मतीको सफाइमा अभियानकर्मी जुट्दै आएका छन् ।
दश वर्षसम्म निरन्तर वाग्मती सफाइ अभियान चलाउँदा पनि वाग्मती नदीको ढल निकासको उचित प्रबन्ध कहिले हुने, नदीमा फोहर फाल्ने प्रवृत्तिलाई कसरी रोक्ने, नदीमा शुद्ध सफा पानी कसरी बगाउने, दिगो फोहरको व्यवस्थापन सरकार र महानगरपालिकाद्वारा कसरी गराउने दण्ड जरिवानाको पालना कहिले हुने, फोहरलाई स्रोतमा वर्गीकरण गरेर व्यवस्थापन कहिलेबाट सुरु हुनेजस्ता प्रश्नको अझै उत्तर पाउन नसकिएको अभियानकर्मी बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)