नेतृत्व परिवर्तन गर्न देउवामाथि दबाब बढाउँदै गगन
shilapatra.com · Fri Jun 02 00:33:42 GMT 2023
पार्टीभित्र आफूले राखेका एजेण्डा संस्थागत नभएपछि कांग्रेस महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई सार्वजनिक अभिव्यक्तिमार्फत दबाब दिन थालेका छन् । बिहीबार उनले सभापति देउवालाई पनि नेतृत्व छाड्न तयार हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न आउने बताए ।
छापाखाना तथा सञ्चारसम्बद्ध संघको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पार्टी नेतृत्वप्रति कार्यकर्तास्तरबाटै असन्तुष्टि आएको बताए । ‘अहिले पार्टीको तल्लो तहमा गएर बुझ्दा पार्टीको नेतृत्वसँगै निराश भएको छु भन्ने कुरा आउँछ । म पनि पार्टीको नेतृत्वभित्र पर्छु । नेतृत्वले ठीक ढंगले काम गर्न सकिराख्नुभएको छैन भनेर आम साथीहरूले भन्नुहुन्छ । काम गर्न नसकिरहेको अवस्था पनि छ,’ उनले भने, ‘त्यो बेलामा सर्लक्क हामीले छाडेर पार्टीभित्र राम्रो हुन्छ भने त्यो बेलामा छाड्दिनुपर्छ । पार्टीको महामन्त्री भएर मैले यो भनिराख्दा पार्टीको सभापति यो भन्न तयार हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न पनि आउँछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)