मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

रिलिजको तीन महिनामै ५ करोड क्लबमा दुर्गेशको ‘दुस्मन हेरेको हेर्‍यै’

barnanmedia.com · Tue Apr 01 23:16:46 GMT 2025

दुर्गेश थापाको गीत ‘दुस्मन हेरेको हेर्‍यै’ युट्युबमा ५ करोड क्लबमा प्रवेश गरेको छ । रिलिज भएको तीन महिनामा नै गीतले उक्त उपलब्धि हासिल गर्न सफल भएको थापाले बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ तपाईँहरूको माया, साथ, र समर्थनले हाम्रो दुस्मन हेरेको हेरै गीत तिन महिनामै ५ करोड क्लबमा प्रवेश गरेको छ तपाईँहरूको साथ सपोर्टको नतिजा हो यो, नेपाली गीतसंगीतलाई यो स्थानसम्म पुर्‍याइदिने दर्शक श्रोतालाई मुरी मुरी धन्यवाद, आगामी दिनमा अझ राम्रा गीतहरू ल्याउनेछु । तपाईँहरूको माया र साथ सधैँ रहोस् ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)