मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्र्यापमा पार्दै, पैसा असुल्दै

annapurnapost.com · Mon Sep 20 06:14:00 GMT 2021

दाङ : दुई महिलाले गत असार ६ गते एक पुरुषलाई रेस्टुराँमा बोलाए। तीमध्ये एक जनाले फोनमा भनेकी थिइन्, ‘मेरो घरायसी विषयको मुद्दा छ, तपाईं कानुनको बारेमा जानेको मान्छे।’

रेस्टुराँमा बसी मुद्दाको कुरा गरे। तर, निस्किने बेला ती पुरुषले जबरजस्ती करणीको मुद्दा खेप्नुपर्ने धम्की पाए। विवाद त्यतिमै सीमित रहेन। भोलिपल्ट ती महिलाले प्रहरीमा जाहेरी दिने भन्दै ५० लाख रुपैयाँको बार्गेनिङ गरिन्। पीडितले तत्काल १ लाख नगद दिए भने १७ लाखको चेक। त्यसपछि पीडितकै जाहेरीका आधारमा प्रहरीले आर्थिक लाभ (एक्सटर्सन) लिन नहुने कसुरमा तीन आरोपितलाई शुक्रबार राति पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। जसमा घोराही उपमहानगरपालिका–१५ बस्ने ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र ३२ वर्षकै सुस्मा परियार छन्। गत असार ६ गतेको घटनामा थापा र वली अनि अर्को दिन परियारको पनि संलग्नता देखिएको जिल्ला प्रहरीको प्रेस नोटमा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)