कोशी प्रदेश : वर्तमान सरकार नै निरन्तर : मुख्यमन्त्री कार्की
rajdhanidaily.com · Tue Mar 05 23:33:24 GMT 2024
इटहरी । संघीय सरकारमा गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशको विषयमा पनि थप चासो बन्दै गएको छ । कोशी प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त भएका केदार कार्की नेतृत्वको सरकार के हुन्छ भन्ने विषयले ‘स्पेस’ पाइरहेका बेला सरकारले भने राजीनामा नदिने जनाएको छ ।
मुख्यमन्त्री केदार कार्कीले वर्तमान नेतृत्वको सरकार व्यक्ति–व्यक्तिको साथमा बनेकाले सरकारमै बसेकाहरूबाट समर्थन फिर्ता लिए पनि कुनै असर नपर्ने बताए । ‘सरकारमा बसेकै दलहरूबाट समर्थन फिर्ता लिए पनि केही हुँदैन,’ मुख्यमन्त्री कार्कीले भने, ‘यो सरकार दलबाट बनेको होइन, व्यक्ति–व्यक्तिको साथमा बनेको सरकार हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)