मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चार व्यापारिक सङ्गठनको एकैस्वर ‘एमआरपी लागू गर्न सहज छैन’

barnanmedia.com · Wed May 14 21:53:00 GMT 2025

नेपालका मुख्य व्यापारिक क्षेत्रका चारवटै उद्योग वाणिज्य सङ्घ तथा सङ्गठनले स्वदेशमा उत्पादित तथा नेपालमा आयात हुने सबै उत्पादनमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य ( एमआरपी) सहितको लेबल लगाउन सहज नभएको स्पष्ट पारेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, मोरङ उद्योग व्यापार सङ्घ, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गरेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट २०८१ साल चैत १४ गते जारी नेपाल राजपत्रको सूचनाअनुसार एमआरपीसहितको लेबल लगाउनुपर्ने निर्णयप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)