एसपीपीमा किन बोल्यो चीन ?
ekantipur.com · Fri Jun 24 01:14:30 GMT 2022
काठमाडौँ — अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाली सेनाको संलग्नता अस्वीकार गर्ने नेपाल सरकारको निर्णयलाई उत्तरी छिमेकी चीनले प्रशंसा गरेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसद्बाट अनुमोदन गर्ने तयारी चलिरहेका बेला टीकाटिप्पणी गरेको चीनले नेपाल र अमेरिकाबीचको मामिलामा फेरि खुलेरै प्रतिक्रिया दिएको हो ।
चीनको सरकारी मिडिया सिन्ह्वाका अनुसार बिहीबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले एसपीपीमा अगाडि नबढ्ने नेपालको निर्णयलाई प्रशंसा गरेका हुन् । पत्रकारले उनलाई नेपालबाट एसपीपी अस्वीकार भएको विषयमा प्रश्न गरेका थिए । जवाफ दिने क्रममा वाङले विभिन्न राजनीतिक दल र गुट, सरकार, सेना र नेपाली जनताले एसपीपीलाई इन्डो–प्यासिफिक रणनीतिसँग जोडिएको सैन्य र सुरक्षा कार्यक्रमका रूपमा हेरेकाले नेपालमा व्यापक रूपमा विवादित भएको उल्लेख गरेका थिए । नेपालीले राष्ट्रिय हित र असंलग्न एवं सन्तुलित परराष्ट्र नीतिका आधारमा एसपीपीमा आबद्धता अस्वीकार गरेको उनको भनाइ थियो । ‘नेपालको मित्रवत् र नजिकको छिमेकी तथा रणनीतिक सहयोगी साझेदार भएकाले चीन नेपाल सरकारको निर्णयको प्रशंसा गर्छ,’ वाङले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)