मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चोरी र लिखतसम्बन्धी कसुरमा दोषी ठहर भएका व्यक्ति पक्राउ

barnanmedia.com · Wed May 14 22:14:27 GMT 2025

चोरी र लिखतसम्बन्धी कसुरमा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दिएको जानकारी अनुसार वादी नेपाल सरकार रहेका र प्रतिवादी शिल बहादुर तामाङसम्बन्धी मुद्दा (०७८-CS-२१५४) मा उच्च अदालत पाटनले २०८० साल जेठ ५ गते कैद ६ महिना र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

तर, उक्त सजाय कार्यान्वयन हुन बाँकी रहँदा प्रतिवादी तामाङ फरार रहेका थिए। कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई हालै काठमाडौं उपत्यकाको एक स्थानबाट पक्राउ गर्न सफल भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)