मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साफ च्याम्पियनसिप : शीर्ष चारमा पुग्न भारतविरुद्ध जित्नै पर्ने दबाब

ratopati.com · Sat Jun 24 06:22:00 GMT 2023

काठमाडौँ । साफ च्याम्पियनसिपको समूह चरणको आफ्नो दोस्रो खेलमा शनिबार नेपालले भारतको सामना गर्दैछ । पहिलो खेलमा कुवेतसँग पराजित भएपछि सेमिफाइनलमा पुग्ने आशा जिवित राख्न आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब छ । भारतपछि नेपालले पाकिस्तानको सामना गर्नेछ । समूहबाट दुई टिम शीर्ष चारमा प्रवेश पाउनेछन् ।

यसअघि, नेपालले भारतको सामना साफ च्याम्पियनसिपको फाइनलमा गरेको थियो । उक्त खेलमा नेपाल ३–१ गोलले पराजित भएको थियो । नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले नेपालले भारतविरुद्ध सकारात्मक नतिजा निकाल्ने आशा व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)