७१औँ वार्षिकोत्सवमा यामाहाको राष्ट्रव्यापी उत्सव, गर्यो रक्तदानदेखि विद्यार्थीको शिक्षासम्मका सामाजिक काम
shilapatra.com · Fri Jul 03 09:17:00 GMT 2026

यामाहा नेपालले आफ्नो ७१औँ वार्षिकोत्सव देशभर विविध कार्यक्रम आयोजना गर्दै मनाएको छ । सातै प्रदेशमा आयोजित कार्यक्रमअन्तर्गत रक्तदान, वृक्षरोपण, ट्राफिक सचेतना, ग्राहक सम्मान तथा विपन्न विद्यार्थीको शैक्षिक जिम्मेवारी लिने जस्ता सामाजिक गतिविधि सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
यामाहा मोटर कम्पनीले हरेक वर्ष १ जुलाईलाई ‘यामाहा डे’ का रूपमा मनाउँदै आएको छ । यस वर्षको ७१औँ वार्षिकोत्सवका अवसरमा यामाहा नेपालले देशभरका शोरुम, डिलरसिप र कम्पनीद्वारा सञ्चालित आउटलेटमा एकसाथ उद्घाटन तथा केक काट्ने कार्यक्रम आयोजना गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)