युट्युबबाट सीप सिकेर उद्यम, घरमै स्वरोजगार
ratopati.com · Wed May 14 23:35:00 GMT 2025

कञ्चनपुर । पुनर्वास नगरपालिका–३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु परेको छैन । केक, पेष्टी र बदाम सेक बनाउने पसल खोलेर उनी स्वरोजगार बनेकी छन् ।
महिनामै ६० हजार बढीको कारोबार गर्छिन् । खर्च कटाएर ३० हजारसम्म बचत हुने गरेको छ । विगतमा गाउँकै विद्यालयमा पढाउने कार्य गर्ने चन्दले कोरोना महामारीका कारण जागिर छाड्नु पर्यो । बेरोजगार भईन्, तर खाली बस्नुभन्दा केही उद्यम गर्नुपर्छ भन्ने सोच त थियो र लगानीका लागि पैसा थिएन । बजार क्षेत्रमा सृजनशील बचत तथा ऋण सहकारीको शाखा खुलेको थियो । त्यसमा आबद्ध भएर ऋण लिने निधो गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)