संरक्षणको पखाइमा लोमान्थाङको टास्सी ध्याफेल दरबार
barnanmedia.com · Wed May 14 23:33:05 GMT 2025

काठमाडौँ, १ जेठ ः ढुङ्गा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठूलो बस्ती र बस्तीको बीच भागमा सुन्दर दरबार । मुस्ताङको लोमान्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसहरूको आस्थाको केन्द्र थियो । त्यही शक्तिकेन्द्र कालान्तरमा कमजोर मात्रै होइन मानिसविहीन बनेको छ ।
छसय वर्षअघि सैनिकहरूले पहरा दिइरहने दरबारको रक्षा यतिबेला एउटा भोटेकुकुरले गरिरहेको झैँ देखिन्छ । दरबार छेउमा आउनेलाई तर्साउँदै गरेको देख्दा सोही कुकुरले दरबारको रक्षा गरिरहेको हो कि भन्ने लाग्छ । १५औँ शताब्दीमा माटो ढुङ्गा र दाउराले बनेको यो दरबारलाई स्थानीयहरू टास्सी ध्याफेल दरबार भन्छन् । जसको अर्थ भाग्यमानी दरबार भन्ने हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)